NRN
राहत शिक्षक र सरकारबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

आन्दोलनरत राहत शिक्षकहरू र सरकारबीच सहमति भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शुक्रबार दिउँसो भएको वार्तामा सहमति भएसँगै राहत शिक्षकहरूले आन्दोलन फिर्ता लिएका छन्।

सरकार र आन्दोलनरत शिक्षकबीच पाँचबुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हाे।

शिक्षामन्त्री अशोककुमार राईको संलग्नतामा भएको वार्तामा राहत शिक्षकको सीमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एकपटकका लागि आन्तरिकतर्फ शतप्रतिशत कायम गर्ने सहमति भएको छ।

परीक्षामा उत्तीर्ण भएका शिक्षक स्थायी हुनेछन् भने अनुत्तीर्ण भएका शिक्षकलाई सरकारले आर्थिक प्याकेज दिने सहमति भएको छ। 

शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने मागसहित नेपाल शिक्षक महासंघको आह्वानमा असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौंमा आन्दोलन भएको थियो। महासंघसँग सरकारले ६ बुँदे सहमति गरेको थियो। उक्त सहमतिले राहत शिक्षकहरूका माग सम्बोधन नगरेको भन्दै उनीहरूले आन्दोलन जारी राखेका थिए।

 

 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update