NRN
पेट्रोलियम पदार्थ पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ । शनिबार रातिदेखि आयल निगमले लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको भएपनि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने निर्णय गरेको हो ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियाे ।

त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो ।

त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७०.५, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ नै कायम हुने भएको छ ।

 

 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update