NRN
हल्ला होइन, काम गर्न उपाध्यक्ष पदमा मेरो उम्मेदवारी

- राजन घिमिरे

हेर्दा जति सज्जन, भद्र र शालिन देखिन्छन्, उनि छन् पनि त्यस्तै । धेरै बोल्दैनन्, कर्म र काम माथि बिश्वास गर्छन् र अरूबाट पनि यस्तै अपेक्षा राख्छन् । त्यसैले त आज सूर्योदयको देश भनेर चिनिने जापानमा रोबिन शेरचनको उपस्थिति, शान, मान र वाहवाही सूर्य जस्तै तेजिलो र उज्यालो छ ।

जापानमा हस्पिटालिटी ब्याबसायमा गतिलै फड्को मारेका रोबिनले जापानमा दुई सयभन्दा बढी नेपालीहरूलाई रोजगार दिएर जापानको प्रबासी नेपालीहरूको राम्रै प्रशंसा बटुलेका छन् । संस्थामा हुँदा होस् या नहुँदा नै किन नहोस् ? उनले जापानसँगै नेपालको हित र पक्षमा गरेको सामाजिक कार्य साच्चै स्वागतयोग्य रहेको छ ।

प्रबासी नेपालीहरूको साथ, समर्थन र एनआरएनए अभियानमा लागेका सामाजिक अभियन्ताहरूको समर्थन मिलेपछि शेरचनले गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) २०२३-२०२५ कार्यकालको लागि केन्द्रीय उपाध्यक्ष पदमा आफूले उम्मेदवारीको घोषणा गरेको बताएका छन् ।

हल्ला होइन काम गरौं भन्ने सोचका शेरचन करिब दुई दशकदेखि एनआरएनको अभियानमा लागि पर्दै आएका जुझारू यूवा हुन् । उनी ३६ वर्षअघि जापान पुगेका थिए भने जापानमा प्रबासी नेपालीहरूले आयोजना गर्ने शतप्रतिशत कार्यक्रमलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिँदै सामाजिक अभियानमा जोडिंदै आएका छन् रोविन ।

नेपालमा आइपर्ने विविध समस्या र जोखिमको समयमा उनले निभाएको साथ, सहयोग र समर्थन को जति चर्चा गरे पनि कमै हुन्छ । जापान र नेपाल मात्र होइन कि अन्य देशमा रहनु हुने प्रबासी नेपालीहरूका लागि पनि रोबिन सहयोगीको रूपमा देखिंदै अगाडि बढिरहेका छन् । थाइल्याण्डमा भएको मिलाप एसिया प्यासिफिक सम्मेलनमा इभेन्ट पार्टनर भएर होस् या एनआरएनए सिङ्गिङ आइडल सफल पार्न १० लाख रुपैयाँ सहयोग गरेर नै किन नहोस् ? उनले संस्थाको हित र पक्षमा साथ र समर्थन गर्दै आएका छन् ।

उम्मेदवारी दिनुमा कुनै स्वार्थ नभएको बताउँदै शेरचन भन्छन्-‘ निष्पक्ष तबरले संस्थालाई अघि बढाउने मेरो सोच र योजना हो । सबै प्रबासी नेपालीहरूको आफ्नो मनको संस्था बनाएर उदाहरण प्रस्तुत गर्नु नै मेरो योजना हो । हल्ला भन्दा पनि काम गरौं भन्ने योजनाका साथ आएको छु । उपाध्यक्ष पदमा मलाई साथ दिनु होला भन्ने बिश्वास लिएको छु -‘ ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update