NRN
अर्थतन्त्रलाई गति दिन सार्वजनिक-निजी क्षेत्रको सहकार्य अनिवार्य : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेक गोरखा महोत्सवलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई गति दिन सार्वजनिक–निजी क्षेत्रको सहकार्य अनिवार्य रहेकोमा जोड दिए । 

उनले आर्थिक विकासका चुनौती हल गर्दै सामाजिक न्यायको प्रत्याभुति, सुशासन र समृद्धि हासिल गर्न सम्मानित संसदमा समेत प्रतिबद्धता व्यक्त गरेको स्मरण गरे । 

गोरखाका जनताले दिएको मतले प्रधानमन्त्री बन्न सफल भएकोमा आभार व्यक्त गर्दै प्रचण्डले चुनावी प्रतिबद्धताअनुरूप विकासका लागि प्रतिबद्ध रहने समेत बताए ।

कृषिको आधुनिकीकरण, भौतिक पूर्वाधारको विकास, पर्यटन, कला संस्कृतिको संरक्षण, साना घरेलु उद्योगको प्रवद्र्धन र ठूला उद्योग निर्माण र बुढीगण्डकी जलविद्युत आयोजना, बेनीघाट–आरुघाट–लार्के सडक, पालुङटार विमानस्थललगायतका ठूला आयोजना अघि बढाउँदै रोजगारी सिर्जनामार्फत गोरखा जिल्लालाई सिंगो देशको समृद्धिका लागि नमुना जिल्ला बनाउने प्रतिबद्धता पूरा गर्न लागि पर्ने उनको भनाइ थियो । 

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update