१९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । क्वार्टरफाइनलमा भारतसँग नेपाल २३ रनले पराजित भएको हाे।
जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा मङ्गलबार जितका लागि २०३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १७९ रनमा समेटियो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन यस्तै, सन्दीप जोरा र कुशल मल्लले २९–२९, कुशल भुर्तेलले २८, करण केसीले १८ तथा आसिफ शेखले १० रन बनाए ।
भारतका रवि विश्रोई र आवेश खानले ३–३ विकेट लिए । यस्तै, अर्शदीप २ र साई किशोरले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रन बनाएको थियो ।
भारतका यशस्वी जयसवालले एक सय रनको शतक पूरा गरे । यस्तै, रिंकु सिंहले ३७, कप्तान ऋतुराज गायकवाड र शिवम दुवेले २५–२५ रन बनाएका थिए ।
नेपालका दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।