NRN
एनआरएनए उपाध्यक्षमा धर्मराज अधिकारीको उम्मेदवारी किन…? यस्ता छन् कारण….?

- राजन घिमिरे

गैर आबासीय नेपाली संघसँग लामो समयदेखी आबद्द रहँदै आएका एक जुझारू सामाजिक अभियन्ता हुन् धर्मराज अधिकारी । संघको दु:ख सुखसँग हातेमालो गर्दै सामाजिक अभियानलाई निरन्तरता दिँदै अगाडि बढेका अधिकारी हाल गैर आबासीय नेपाली संघको उपाध्यक्ष हुन् ।

यो पदमा रहँदा उनले संघ, नेपाल र प्रबासी नेपालीहरूका लागि दिएको साथले राम्रै प्रशंसा पाउँने गरेको छ । प्रबासमा संघको कार्यक्रम मार्फत् उनले नेपालको गरिमा र उपस्थिति शानका साथ उभ्याएका छन् ।

सधै शालिन, भद्र र केही गर्ने सोच अनि योजना बोकेर हिड्ने उनलाई एक पटक फेरि गैर आबासीय नेपाली संघको उपाध्यक्ष पदमा देख्न पाईने भएको छ -‘ म पदको दौडमा होइन , देश बाहिर प्रबासमा रहनु हुने लाखौँ नेपालीहरूको साथ र सल्लाहलाई लिएर अगाडि बढ्ने सोचको मान्छे हो । साथी भाई अनि अग्रज सामाजिक अभियन्ताहरूको सल्लाह र सुझाबलाई ध्यानमा राखेर यो पदमा फेरि आउँने तयारी गरेको हुँ -‘ अधिकारीले भने ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्षका लागि अष्ट्रेलियाबाट धर्मराज अधिकारीले उम्मेदवारी दिने बताएका छन् । लामो समयदेखी अष्ट्रेलियामा बसोबास गर्दै आएका अधिकारीले अक्टोबरमा हुने महाधिबेशनका लागि उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

अधिकारी एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा शुरुदेखि नै सक्रिय रहेका व्यक्ति हुन् । अधिकारीले नेपाली नागरिकताको निरन्तरता, नेपालमा एनआरएनको लगानी, संघभित्र नेतृत्वको प्रभावकारिता र नेपालमा सीप तथा ज्ञानको प्रवर्द्धन गर्ने महत्वपूर्ण एजेन्डा अगाडि सारेका छन् ।

 

 

 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update