नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४० रुपैयाँ १५ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा तोकिएको छ।
सोमबार युरो एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीमा १४१ रुपैयाँ ११ पैसा तोकिएको थियो।
मंगलबार पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ। गत शनिबारदेखि एकको खरिददर १३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३३ रुपैयाँ १७ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ।
यस्तै, मंगलबार अष्ट्रेलियन डलरको भाउ पनि घटेको छ। अष्ट्रेलियन डलर अघिल्लो दिनको तुलनामा ४७ पैसा घटेर आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ८४ पैसा र बिक्रीमा ८५ रुपैयाँ २२ पैसा तोकिएको छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८७ पैसा पाइन्छ।
पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ १२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८५ पैसा तोकिएको छ।
यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५१ पैसा तोकेको छ।कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५३ पैसा पाइन्छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०९ पैसा र बिक्रीमा ३६ रुपैयाँ २६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ १० पैसा र बिक्रीमा २८ रुपैयाँ २३ पैसा पाइन्छ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६१ पैसा तोकिएको छ। मंगलबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ८३ पैसा र बिक्रीमा ४३० रुपैयाँ ७८ पैसा पाइन्छ।