NRN
बझाङमा केहिबेरमै २ भूकम्प, दर्जनाैं घर भत्किए

मंगलबार सुदूरपश्चिम बझाङ केन्द्रबिन्दु भएर केहिबेरमै दुई पटक भुकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको तलकोट केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ म्याग्नेच्युट र ६ दशमलव ३ म्याग्नेच्युटको भूकम्प गएको हो। २ बजेर ४० मिनेट र ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो।

सुदूरपहाडसहित पश्चिम नेपालका अन्य विभिन्न जिल्लामा पनि भूकम्पको धक्का महसूस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ।

अहिलेसम्म मानवीय क्षति भएको विवरण नआएको भएपनि बझाङ सहितका केही जिल्लामा भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

 भूकम्पपछि सडक पनि अवरुद्ध भएका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update