NRN
एसियाड कबड्डी – नेपालले कम्तीमा कास्य जित्ने लगभग पक्का

१९ औं एसियाली खेलकुदमा नेपालले नेपालले काश्य पदक प्राप्त गर्ने पक्का भएको छ। बुधबार महिला कबड्डीमा सेमिफाइनलमा प्रवेश गरेसँगै नेपालले एसियाडमा पहिलो पदकका रुपमा कम्तिमा काश्य पदक पक्का भएको हो।

बुधबार महिला कबड्डीमा इरानले बंगलादेशलाई ५६-१६ ले पराजित गरेसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको हो ।

एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनल पुग्ने दुई टिमलाई कास्य पदक दिने नियम छ।

समूह ‘बी’मा नेपाल, इरान र बंगलादेश थिए। पहिलो खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपालमाथि इरानले जित हात पारेको छ।

बुधबार इरानले बंगलादेशलाई हराएपछि समूह विजेता बनेर सेमिफाइनलमा स्थान बनायो।

एक खेल जितेको नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुग्यो।

बंगलादेश भने दुवै खेलमा पराजित भएपछि समूह चरणबाट बाहिरियो।

अब नेपालले सेमिफाइनलमा समूह ‘ए’ को विजेतासँग खेल्नेछ। सेमिफाइनल जित हात पारे नेपालको कम्तिमा रजत पक्का हुनेछ भने हार  ब्यहोरे कास्यमा चित्त बुझाउनु पर्नेछ।

समूह ‘ए’ मा भारत, चाइनिज ताइपेई, दक्षिण कोरिया र थाइल्यान्ड छन्।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update