NRN
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिदमा भने १३९ रुपैयाँ १२ पैसा र बिक्रीमा १३९ रुपैयाँ ७५ पैसा पाइन्छ।

त्यस्तै, आज डलर एकको खरिददर १३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४४ पैसा कायम गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिदमा आज ८३ रुपैयाँ ७० पैसा र बिक्रीमा ८४ रुपैयाँ ०८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७९ पैसा र बिक्रीमा ९७ रुपैयाँ २३ पैसा पाइन्छ। 

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ १५ पैसा र बिक्रीदर १६० रुपैयाँ ८८ पैसा तोकिएको छ। 

यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५८ पैसा तोकेको छ।कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६० पैसा पाइन्छ। 

बुधबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ४४ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ३८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ९७ पैसा तोकिएको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ १२ पैसा र बिक्रीमा २८ रुपैयाँ २५ पैसा पाइन्छ।

 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update