११ किलो सुन तस्करी प्रकरणमा : काठमाडौंबाट थप एक चिनियाँ पक्राउ
११ किलो दोलखामा बरामद गरेको सुन प्रकरणमा प्रहरीले थप एक जना चिनियाँ नागरिक पक्राउ गरेको छ। बुधबार दिउँसो चीनको सिचुवान घर भई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू किमडोल बस्ने चिनियाँ नागरिक तासी दावा भन्ने ६६ वर्षका आगर लामा पक्राउ परेकाे हुन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यो सुन तस्करी गरेको घटनामा सुन अर्डर गर्नेदेखि ल्याउन लगाउने सम्मको भूमिका तासीले खेल्ने गरेको खुलेको छ।
मंगलबार मात्रै सिआइबीको टोलीले काठमाडौंबाटै एक जना चिनियाँ नागरिकसहित ३ जनालाई पक्राउ गरेको थियो। त्यसअघि नै प्रहरीले दोलखाबाट ७ जनालाई पक्राउ गरेको थियो।
यस प्रकरणमा अहिलेसम्म ११ जना पक्राउ परेका छन्।
प्रकाशित मिति: बुधबार, असोज १७, २०८० १५:३९
प्रतिक्रिया दिनुहोस्