NRN
न्यायाधीश मनोजकुमार शर्माको इजलासमा ‘रिगल’ विरुद्धको मुद्दा

नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको छ ।

न्यायाधीश मनोजकुमार शर्मा को एकल इजालसमा सुनुवाइका लागि आज पेसी तोकिएको हो ।

गत आइतबार चेतनकी पत्नी भारती शेर्पाले रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

साे निवेदनमा भारतीले आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय पनि बदर गर्न माग गरेकी छन् ।

‘रिगल’ले खुँडा प्रहार गरेर नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेका थिए । 

 

 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update