नेपाली भारोत्तोलन खेलाडी विशालसिंह विष्टले रियादमा जारी आइडब्लुएफ विश्व च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
पुरुष ९६ केजी तौल समूहमा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकरी दिए ।
विशालले स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ र कूलमा २९१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे ।
यसअघि स्न्याचमा एक सय २५, क्लिन एन्ड जर्कमा एक सय ६१ र कूलमा दुई सय ८३ केजीको कीर्तिमान विशालकै नाममा थियो । उक्त कीर्तिमान केहि साताअघि रियादमा भएको विश्व भारोत्तोलन च्याम्पियनसिपमा बनाएका थिए ।
नेपालबाट ५ खेलाडी सहभागी भारोत्तोलनमा नेपालको अन्तिम दिन शनिबार सागर भण्डारीले चुनौती प्रस्तुत गर्ने छन् ।