NRN
रिगललाई आममाफी दिने सरकारको निर्णयमा गगन थापाको असन्तुष्टि

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले दिएको आममाफीको निर्णय कांग्रेसमाथि भारी परिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले पार्टीमा संलग्न कुनै व्यक्ति अपराधमा जोडिए त्यसको भारी सिंगो पार्टीले नबोक्ने नहुने उनले बताए ।

सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले अपराध गर्नेले नै त्यसको भारी बोक्नुपर्ने बताए ।

‘सरकारले निर्णय गर्छ, राष्ट्रपतिजीको त औपचारिकता मात्र हो,’ उनले भने, ‘कुनै बेला पार्टीमा रहेको व्यक्ति अपराधमा जोडिएको छ तर सरकारले आममाफी निर्णय गर्दा त्यसको भारी कांग्रेसमाथि आइपरेको छ । किन आममाफी दिइयो पनि थाहा छैन ।’

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update