NRN
सार्वजनिक बिदाका दिन चलेका १५ सरकारी गाडी नियन्त्रणमा

कपिलवस्तु । कपिलवस्तुमा सार्वजनिक बिदाका दिन सरकारी नम्बर प्लेटका गाडी सञ्चालन गरेको पाइएपछि प्रहरीले १५ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। सार्वजनिक बिदाका दिन अनुमतिबिना (पासबिना) सरकारी सवारीसाधन सञ्चालन गर्न नपाउने नियम छ।

बुधबार सार्वजनिक विदाको दिन प्रशासनको अनुमतिबिना सञ्चालन भएका दुई र चार पाङ्ग्रे गरी १५ वटा साधनलाई प्रहरीले होल्डमा राखी अबदेखि आवश्यक परे पास लिएर मात्रै चलाउने गरी छाडिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

गोरुसिङ्गेस्थित कार्यालय र अस्थायी पोष्ट पिपराले १३ ओटा जिप र २ मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र तिमिल्सिनाले बताए । नियन्त्रणमा पर्नेमा  बाणगंगा नगरपालिका, कृष्णनगर नगरपालिका, रोल्पा नगरपालिका, टीकापुर नगरपालिका, कञ्चनपुर नगरपालिका, शितगंगा नगरपालिका र हुलाकी राजमार्ग कार्यालय लगायतको सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारि धर्मेन्द्र कुमार मिश्रको आदेश पछि साँझ ५ बजे ती सवारी साधन छाडिएको ट्राफिक प्रहरी पोष्ट पिपराका प्रहरी नायव निरीक्षक नीरज गौतमले बताए । 
 

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update