NRN
बंगलादेशलाई ९ विकेटले हराउँदै भारत एसियाली खेलकुदको फाइनलमा

चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशलाई ९ विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हाे । 

टस जितेर भारतीय कप्तान ऋतुराज गायकवाडले पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए।

भारतले ९ दशमवल २ ओभरमा एक विकेट गुमाएर बंगलादेशले दिएको ९७ रनको लक्ष्य पुरा गरेको थियो। भारतका लागि तिलक वर्माले सर्वाधिक अविजित ५५ रन बनाए भने कप्तान रुतुराज गायकवाडले अविजित ४० रन बनाएका थिए। 

यस अघि नेपालविरुद्ध शतक बनाएका यशश्वी जैसवाल भने यस खेलमा शुन्यमै आउट भएका थिए। टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेश २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रनमा सिमीत भएको थियो।

उक्त गेमकाे फाइनल खेल भने शनिबार हुँदैछ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update