NRN
आजबाट नयाँ २० रुपैयाँको नोट बजारमा,  के-के छन् विशेषता ?

शुक्रबारदेखि नेपाल राष्ट्र बैंकले २० रुपैयाँको नयाँ नोट बजारमा चलनचल्तीमा ल्याएको छ ।

साविककै आकार र रंगकाे राष्ट्र बैंकले ९ लाख ९९ हजार ९९९ वटा २० रुपैयाँको नयाँ नोट बजारमा ल्याएको हो ।

आजबाट चलनचल्तीमा आएको यो नोटको अगाडिको बायाँतर्फ सगरमाथा, दायाँतर्फ लालीगुराँसको पानी छाप, गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर र बोर्डरमा नोटको सिरिज नम्बर र नेपालीमा वि.सं. २०७९ लेखिएको छ भने नोटको पछाडिको भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक बीचमा, २ वटा बाह्रसिंगेको चित्र, तल्लो भागमा अंग्रेजीमा २० रुपैयाँ र तल्लो भागको बोर्डरमा नोटको सिरिज अंग्रेजीमा २०२३ एडी लेखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update