प्रधानमन्त्री 'प्रचण्ड' भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न बझाङमा
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न बझाङ प्रस्थान गरेका छन्। प्रधानमन्त्री दाहाल नेपाली सेनाको हेलिकोप्टरबाट केही बेरअघि बझाङ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्रीले बझाङ पुगेर गत मंगलबार गएको भूकम्पले क्षति पु्र्याएको क्षेत्रको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग छलफल गर्ने कार्यक्रम तय भएको छ।
बझाङको तालकोट र चैनपुर आसपास केन्द्रविन्दु भएर मंगलबार गएको भूकम्प र त्यसपछिका पराकम्पले जिल्लामा धनजनको क्षति पु्र्याएको छ।
भूकम्पमा परी एकजनाको मृत्यु भएको छ र २० बढी घाइते भएका छन् भने र्जनौं घर भत्किएका छन्।
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८० १५:१९
प्रतिक्रिया दिनुहोस्