NRN
आइतबारको विनिमय दर निर्धारण, कुन मुद्राकाे कति ?

नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अघिल्लो दिनको तुलनामा १ पैसा घटेर आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा कायम गरिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा भने ८४ रुपैयाँ ६० पैसा र बिक्रीमा ८४ रुपैयाँ ९८ पैसा पाइन्छ। 

त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३९ पैसा पाइन्छ।

त्यसैगरी, युरोपियन युरो भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो दिनको तुलनामा ५३ पैसा बढेर आज युरो एकको खरिदमा आज १४० रुपैयाँ ३४ पैसा र बिक्रीमा १४० रुपैयाँ ९८ पैसा तोकिएको छ।

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रूपैयाँ ३० पैसा र बिक्रीदर १६३ रूपैयाँ ०४ पैसा तोकिएको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ २० पैसा र बिक्रीमा २८ रुपैयाँ ३२ पैसा पाइन्छ।

यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा तोकेको छ। कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ८० पैसा र बिक्रीमा ४३१ रुपैयाँ ७५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३५४ रुपैयाँ १३ पैसा तोकिएको छ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update