तुइन चुडिँदा कर्णालीमा एक जना बेपत्ता
कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । हुम्लाको सर्केगाड–२ रिपस्थित ल्याप्चेको खडीखेत घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ ।
कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार ल्याप्चेमा रहेको खडीखेत घाटमा तुइनबाट खसेर बेपत्ता भएका हुन्।
उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८० ११:३८
प्रतिक्रिया दिनुहोस्