NRN
जापानमा जगजगी गर्दै नेपालीहरू, नेपालप्रति सधै सकारात्मक जापान

- राजन घिमिरे

जापान सूर्योदयको देश भनेर सिमित बिशेषता जोड्दा अब जापान माथि अन्याय हुन जान्छ । बिकास र संरचनाको पराकाष्टदेखी मानिसको कल्पनालाई पनि माथ खुवाउने बिकास अनि लोभलाग्दो फड्को मारेको जापानको अर्को तारिफ गर्न योग्य पक्ष हो संस्कार ।

आज जापान जहाँ छ र जसरी यसले फड्को मारेको छ, त्यसमा कुनै बिदेशी शक्ति वा दिमाख लागेको छैन । जापान बनेको छ त जापानीजहरू आफैँले बनाएका हुन् । संरचनाको पक्षमा मात्र होइन कि संस्कारयुक्त समाज निर्माण गर्न अनि अरूको सम्मान गर्न जापानबाट धेरै सिक्न सकिन्छ । काम र सक्रिए जिवन नै मानिसलाई लामो समयसम्म बाच्न सिकाउने कडी हो भन्ने कुरा ६०-७० बर्ष नाघेका जापानीजहरूले चलाएको ट्याक्सी चढ्दा जो केहीले पनि यो कुराको मनन गर्न सक्छ ।

जापानको जति चर्चा, गुनगान र ब्याख्या गरे पनि कमै हुन्छ । जनता र राज्यले चाह्यो भने मूलुक समृद्ध हुन समय लाग्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हो जापान । यही जापानमा पछिल्लो समय नेपालीहरूको उपस्थिति पनि बाक्लिँदै जान थालेको छ ।

नेपालीहरूको प्रबेश जापानमा कहिले देखी भयो ? एकिन आँकडा नभएता पनि यति बेला भने जापानमा नेपालीहरूकाे शान र मान बढेको पाईएको छ । जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुबेदीले विविध पेशा र क्षेत्रमा नेपालीहरूको उपस्थिति अनि आबद्दता गौरब गर्न लाएकको रहेको बताउनु भयो ।

महँगा र नाम चलेका यूनिर्भसिटीहरूमा प्राध्यापनदेखी जापानमा नै १२ कक्षासम्मको बिध्यालय सञ्चालन गरेर प्रबासमा नेपाली भाषा, संस्कृति अनि रहन सहनलाई परिचित गराउन नेपालीहरूले खेलेको भूमिका कम छैन । नेपाली राजदूताबासको आँकडा अनुसार जापानमा भारतीय भन्दा नेपालीहरूको संख्या तीन गुना बढी छ । अन्य देशमा भारतीय जनसंख्या भन्दा नेपालीहरूको जनसंख्या कम छ भने जापानमा बढी छ ।

यतिबेला जापानमा डेढ लाखको हाराहारीमा नेपालीहरू रहेका छन् । फोहोर मैलालाई कसरी ब्यहस्थापन गर्न सकिन्छ भन्ने योजना जापानबाट नेपालले धेरै सिक्न सकिन्छ भने जापानले पछिल्लो समय नेपालसँग शिक्षा र रोजगारको पक्षमा सम्बन्ध बढाउन खोजेको देखिन्छ । यसैबीच जापानको भ्रमणमा रहेको बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य र उप मेयर बिमला सापकोटा दाहाल लगाएतका एक टोलीले जापानमा रहेको नेपाली राजदूताबासमा राजदूतसँग एक छलफल कार्यक्रमको आयोजना गर्यो ।

जापानको नगर पालिकाको निमन्त्रणामा आएको टोलीले बनेपाका नगरपालिका र जापानको नगरपालिकाबीच रोजगारी र जापानीज भाषाको अध्ययनका बारेमा छलफल भएको जानकारी मेयर शाक्यले दिनु भयो ।

छलफलमा राजदूत सुबेदीले जापान नेपालको बिभिन्न क्षेत्रमा लगानी गर्न र नेपालसँग सहकार्य गर्न सधै तयार रहेको आफूले पाएको बताउनु भयो -‘ जापानले नेपालको धेरै महानगर र नगरपालिकासँग काम गरिरहेको जानकारी पनि दिनु भयो । जापानमा बिभिन्न क्षेत्र र पेशाहरूमा दह्रो उपस्थिति जनाउदै नेपालीहरू केही समययता भने रेष्टुरेण्ट ब्यबसायमा आकर्षित हुन थालेको पाईएको छ । यतिबेला जापान नेपालीहरूको लगानीमा हजारौं रेष्टुरेण्ट सञ्चालित छन् भने जापानीजहरूको अनुभबमा नेपालीहरूले जापानीज भाषा चाँडो सिक्न सक्ने छाप पनि परेको छ ।

‘ नेपालीहरू मिहेनती, बिश्वासिलो र आफ्नो कामप्रति इमान्दार छन् भन्ने बिश्वास दिलाउन सक्नु पनि हाम्रो सफलता हो -‘ गैर आबासीय नेपाली संघ जापानकी पूर्ब उपाध्यक्ष एवम् सामाजिक अभियन्ता संगीता अधिकारी सुबेदीले भन्नु भयो । जापानीज भाषाकी ज्ञाता सुबेदीको अनुभबमा बिश्वास दिन सकियो भने जापानीजहरू नेपाल र नेपालीसँग लामो समयसम्म ब्यापार - ब्यबसाय गर्न आतुर देखिएका छन् ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update