NRN
लालबन्दी नगरपालिकाले गर्याे नवौं नगरसभामा  संसदीय अभ्यास

सर्लाही । सर्लाहीमा पहिलोपटक लालबन्दी नगरपालिकाले आफनो नवौं नगरसभामा संसदीय अभ्यास सुरु गरेको छ ।
नगर सभा चल्दै गरेको दृश्य हेर्दा संघीय संसदमै प्रवेश गरेको अनुभुती भईरहेको सभामा सहभागीहरुले बताए । 

 पुस २२ बाट  सुरु भएको लालबन्दी नगरपालिकाले नवौं अधिवेशनमा विभिन्न ६ वटा विधेयक माथि छलफल गरि निर्नायार्थ प्रस्तुत गरिएको थियो  । 

लालबन्दी नगरपालिकाकाे विधेयक अधिवेशनमा संस्था दर्ता विधेयक ,सावारी तथा यातायात विधेयक,फाेहाेरमैला व्यवस्थापन विधेयक,जलश्राेत संरक्षण तथा व्यवस्थापन विधेयक,भूउपयाेग विधेयक र नगरकाे संगठन तथ व्यवस्था सर्वेक्षण प्रतिवेदन २०७९  छलफल गरि  निर्णायार्थ प्रस्तुत गरिएको थियो । नगर सभाले उक्त विधेयक सर्वहम्मत पारित गरेको छ ।

पुस ३० गते हुने दोस्रो बैठका लागि थप ३ वट विधेयक प्रस्तुत भएको   लालबन्दी नगर प्रमुख वासुदेव अधिकारीले जानकारी दिए । आज प्रस्तुत खेलकुद व्यवस्थापन विधेयक,आन्तरिक कार्यप्रणाली नियन्त्रण विधेयक र नगरपालिकाकाे भवन निर्माण तथा नियम मापदण्ड २०७९ छलफलका लागि प्रस्तुत भएको सभाध्यक्ष लालबन्दी नगरपालिकाका प्रमुख अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रस्तुत विधेयक उपर दफावार छलफल गरि पुस ३० गतेको बैठकमा निर्णयार्थ प्रस्तुत गरिने छ ।  
नगर सभाकाे शून्य समयमा बोल्दै वडा नं १ का वडाध्यक्ष  हरिहर बहादुर भट्टराईले नगरसभामा संसदीय अभ्यास भएकाले आफुलाई धेरै  खुसी लागेको बताए । उनले सर्लाहीमा पहिलोपटक नै यस्तो अभ्यास गरिएको दावी गरे ।
आज  पारित विधेयकलाई प्रमाणीकरण अभिमुखिकरण तथा राजपत्रमा प्रकाशित गर्न सभाध्यक्ष एवम् लालबन्दी नगरपालिकाका प्रमुख अधिकारीले सचिवालयलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update