- राजन घिमिरे
अष्ट्रेलियाका कृष्ण (जगनाथ) गिरीले अक्टोवर १९ मा हुने एनआरएनए आईसीसी निर्बाचनमा उपमहाचिब पदमा उम्मेदवार दिने अन्तिम निर्णय भएको घोषणा गरेका छन् । मेरो उम्मेदवारी कसैलाई हराउन हैन, संस्थाको जित सुनिश्चित गर्नलाई हो, पद ओगटेर सम्मान लिन हैन सेवा गरेर संस्थामा रुपान्तरण गर्नलाई हो, उनले भने ।
गैर आबासीय नेपाली माझ यूवा अभियन्ताका रुपमा परिचित अनुहार गिरीले एनआरएनए आईसीसी यूवा संयोजक भएर कार्य गरिसकेका छन् । संस्थाको सम्मान सहित नयाँ सोच र रुपान्तरण मुख्य नारा लिएर निर्बाचनमा होमिनुभएका गिरीमा जनसम्पर्क समिति अष्ट्रेलियाको २ कार्यकाल सभापति भएर कार्य गरेको अनुभब समेत छ ।
समृद्ध नेपाल निर्माण गर्ने संकल्प बोकेको संस्था एनआरएनएको पनि संस्थागत बिकास हुनु, नियम र पद्दतिबाट संचालित हुनु जरुरी छ । बिगतमा भएका राम्रा कार्यको सम्मान र अनुशरण गर्दै बिकृतिहरुलाई सुधार्नु अबको नेतृत्वको जिम्मेवारी रहेको छ ।
अफू निर्बाचित भएर संस्थाको उदेश्य अनुरुप कार्यगर्दै सचिवालयलाई प्रभावकारी बनाउदै बिश्वभरीका एनआरएन माझ संस्थालाई पुर्याउने योजना रहेको उपमहासचिबका उम्मेदवार कृष्ण गिरीले बताए । बिधानमा आउने जटिलता, कार्य विभाजनमा भएका असन्तुष्टि, संस्था प्रतिको बढ्दो नकरात्मक बिचरलाई अबको नेतृत्वले सुधार उन्मुख तिर लानु प्रमुख दायीत्व भएको उनको बुझाई छ ।
आफनो अनुभव, दक्षता, बिज्ञतालाई संस्थाको पदिय जिम्मेवारीमा बसी योगदान गर्न सकिने बिश्वासका साथ नयाँ सोच र जोश सहित नेपाली डेयासपोरामा काम गर्नका लागिनै उपमहासचिब पदमा उमेद्वारी दिने निश्कर्षमा पुगेको गिरीले प्रष्ट पारेका छन् ।
सामाजिक कार्य र नेतृत्वदायी भूमिकामा उच्च स्थान बनाएका गिरी गैर आबासीय नेपाली संघको ११ औं अन्तर्राष्ट्रिय बिश्व सम्मेलन भब्य रूपमा सफल पार्न सबैलाई आब्हान समेत गर्दै अधिवेशन सफलताको कामना गर्छन ।