सुदुरपश्चिम सरकारले इजरायलमा निधन हुने विद्यार्थीका परिवारलाई जनही दुई लाख दिने
सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदुरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही रु दुई लाख दिने घोषणा गरेको छ ।
सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीहरूका परिवारलाई दुई-दुई लाख रुपैयाँ उपलब्ध गराइने जनाएको छ।
मुख्यमन्त्री कमल शाहले हस्ताक्षर गरेको विज्ञप्तिमा इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोधसमेत गरेको छ।
प्रकाशित मिति: सोमबार, असोज २२, २०८० १३:४६
प्रतिक्रिया दिनुहोस्