NRN
दुर्गा प्रसाईं भन्छन्, ओली भन्दा प्रचण्ड–नारायणकाजीमा राजनीतिक चरित्र छ

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गरिबको आवाज उठाउँदा आफूमाथि कालो मोसो दलिएकाे बताएका छन् ।

युवा सङ्घले सोमबार प्रसाईं लाई कालो मोसो छ्यापेपछि मंगलबार आफ्नै घरमा पत्रकार सम्मेलन गरेर प्रसाईंले  देश बचाउनुपर्छ भन्दा आफूमाथि दुर्व्यवहार भएको भन्दै उक्त घटनामा प्रसाईले एमालेका कार्यकर्ता संलग्न रहेको र अव एमालेसँग खेल सुरु भएको बताएका हुन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली हजुरबा भन्दा प्रचण्ड र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखिएको बताउँदै उनले भने, ‘हजुरबुबामा राजनीतिक चरित्र देखिएन, बरु प्रचण्ड र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखियो’, ‘एमालेले मलाई ठुलो गुन लगायो । नेता बनायो । ट्रेडमार्क बनायो । एमालेसँग प्रतिस्पर्धा गर्ने दुर्गा प्रसाईं हो भन्ने ठान्यो ।’ प्रसाईँले १८/२० जना मारवाडीको हातमा देशको अर्थतन्त्र गइसकेको भन्दै अब केही वर्षभित्रै यो देशको सत्ता पनि मारवाडीकै हातमा जाने दाबी गरे ।

प्रसाईंले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए। पत्रकार सम्मेलन सकेर बाहिर निस्किने क्रममा अज्ञात व्यक्तिले उनीमाथि कालोमोसो दलेका थिए। 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update