नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
अघिल्लो दिन अर्थात् सोमबारकाे तुलनामा यसदिन प्रतितोला तीन सय रुपैयाँ बढेर महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १८ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।