आज अन्तर्राष्ट्रिय बालिका दिवस
आज नेपालमा पनि अन्तर्राष्ट्रिय बालिका दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक अक्टुबर ११ मा सन् २०११ देखि मनाउन थालिएको यो दिवसको यसवर्ष ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ मनाइँदै छ ।
दिवसका अवसरमा नेपालमा बालिकाको सशक्तीकरण, नेतृत्व विकास तथा सुरक्षाका विषयमा विविध कार्यक्रम हुँदैछ । सोही अवसरमा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानले शासन तथा सेवा प्रवाहका विविध क्षेत्रमा बालिकाको नेतृत्व स्थापित गराउन भूमिका ग्रहण (गर्ल्स टेकओभर) मा सहजीकरण कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा बालिकासँग बालअधिकारका लागि संसदीय समूह विषयक अन्तर्क्रिया पनि गरिएको अभियानका महासचिव तिलोत्तम पौडेलले जनाउनुभयो ।
प्रकाशित मिति: बुधबार, असोज २४, २०८० १२:१०
प्रतिक्रिया दिनुहोस्