NRN
सुवेदीले दिने भए एनआरएनए महासचिवमा उम्मेदवारी

- राजन घिमिरे

अन्तत : गैर आवासीय नेपाली संघको महत्वपूर्ण र गरिमामय पद महासचिव पदमा बुद्धिसागर सुवेदीले उम्मेदवारी दिने पक्का भएको छ । उनले सन् २०२३–२५ को कार्यकालका लागि महासचिव पदमा उम्मेदवारी दिने जानकारी दिएका छन् ।

एनआरएनए अमेरिकाको अध्यक्ष हुँदा सुवेदीले प्रबासी नेपालीहरूको लागि गरेको कार्य र दिएको योगदानको आज पनि चर्चा हुने गरेको छ । नेपाल रहँदा राम्रो र प्रतिष्ठित पेशा मानिने शिक्षण पेशामा आबद्द सुवेदी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन क्षेत्रमा कार्यरत रहँदा सन् २००३ मा अमेरिका पुगेका थिए । उनी चितवन माडिका हुन ।

-‘ पद्धति र आर्थिक पारदर्शीता सहितको एनआरएनए बनाउने मेरो योजना र सोच हो । यही एजेन्डा स्थापित गर्न मैले उम्मेदवारी दिने निर्णय गरेको हुँ -‘ उनले जानकारी दिए - ‘ वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि म राजनैतिक दलहरु र सरकारसँग छलफल गरेर त्यसलाई कार्यान्वयन गराउन लागि पर्ने छु -‘ उनले प्रतिबद्धता ब्यक्त गरे ।

कर्मभूमि अमेरिकामा होटल र सुपरमार्केटहरु सञ्चालन गरिरहेका सुवेदीले जन्मभूमि नेपालमा पनि धेरै क्षेत्रमा लगानी गरेर नेपालीहरूलाई रोजगारी दिइरहेका छन् ।

सामाजिक अभियानको क्रममा कर्मभूमि देखी जन्मभूमिसम्म लागि पर्दै अगाडि बढीरहेका उनले महासचिब पदमा उम्मेदवारी दिने निर्णय गरेपछी एनआरएनए सामाजिक अभियन्ताहरू माझ राम्रो चर्चा बटुलिररेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update