विश्वकप फुटबल छनोटमा लाओसविरुद्धको खेलका लागि नेपाल राष्ट्रिय फुटबल टोली घोषणा गरेको छ । खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले खेलका लागि आफ्नो अन्तिम टोली घोषणा गरेका हुन् ।
लाओससँग दशरथ रंगशालामा पहिलो चरणको पहिलो लेग नेपालले बिहीबार साँझ ५:३० बजे खेल्नेछ । दोस्रो लेग आगामी साता लाओसमा हुनेछ। दुई लेगमा उत्कृष्ट रहने टिम दोस्रो चरणमा पुग्नेछ।
नेपाली टोली
गोलकिपरमा किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल रहने, डिफेन्डरमा सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट त्यसैगरी, मिडफिल्डरमा सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी रहेका छन् भने फरवार्डमा अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट रहेका छन् ।