NRN
यसरी मनाइयो एनआरएन डे

- राजन घिमिरे

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो स्थापना दिवस मनाएकाे छ। संघले परम्परागत रुपमा अक्टोवर ११ तारिखमा स्थापनाको २० औँ वर्ष पार गरेको अवसरमा पुजापाठ गरेर ‘एनआरएनए डे’ मनाएकाे हो।

बिहान ७ देखि ८ः३० बजे सम्म स्वयम्भूमा जम्मा भएका गैरआवासीय नेपालीहरूले बिहान ९ः१५ देखि १०ः३० बजे सम्म पशुपतिनाथको दर्शन गरेका थिए । संघको केन्द्रीय कार्यालयमा बुधबार रक्तदान, एनआरएनए फाउण्डेशनको साधारणसभा, भवन कृतिरत्न अवार्ड वितरण लगायत ९ औं राष्ट्रिय खेलकुदका विजेता खेलाडीहरूको सम्मानमा कार्यक्रमको आयोजना गरिएको थियो ।

एनआरएनले हरेक बर्ष अक्टाेबर ११ का दिन गैरआवासीय नेपाली दिवस मनाउँदै आएको छ। अक्टोबर ११ लाई नेपाल सरकारले गैर आवासीय नेपाली दिवस (एनआरएन डे) भनेर घोषणा गरेपश्चात नेपालमा हरेक बर्ष गैरआवासीय नेपाली दिवस भब्यरुपले मनाउने गरिन्छ। संसारभर छरिएर रहेका नेपालीहरुले आफु रहेका सम्बन्धित देशमा समेत यो दिवस मनाउने गर्दछन्।

गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसन १७ अक्टोबरदेखि औपचारिक रुपमा काठमाडौँमा सुरु हुनेछ। सो महाधिवेसनको उद्धघाटन राष्ट्रिपति रामचन्द्र पौडेलले गर्नु हुने भएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update