NRN
शुक्रबारबाट तिम्रो मेरो साथ : प्रेममा धोका र अपमानको खेल 

 

  •  राजन घिमिरे 
     

प्रेम किन र के का लागि…? ब्याख्या र कारण सबैको एकै हुन्छ भन्ने छैन । प्रेमको  कुरालाई  धेरैले फरक -फरक अर्थले पनि बुझेका हुन्छन । आजको समयको प्रेम , माया, साथ र स्नेहमा पनि स्वार्थ र शंकाको घाम देखियो भने त्यस्तो प्रेम , साथ र माया दिगो हुंदैन भन्ने कुरा सहजै भन्न सकिने अबस्था भने छ । तर, यसो भन्दैमा सबैको माया , साथ र बाचामा स्वार्थ हुन्छ भन्ने पनि छैन । मनदेखी माया गर्ने र साथ दिने प्रेमी जोडी आज पनि यो समाजमा छ भन्दा फरक नपर्ला । परिस्थितिले जोडीलाई अलग पार्ला वा जोडी छुटिएला, तर गहिराइमा पुगेको माया जहां गएता पनि मर्दैन र पुरानो हुंदैन भन्ने कुरा भने अकाट्य नै हो । यस्तै कुरा, प्रसंग र माया अनि साथको गहिराईलाई  चुमेर तयार पारिएको कथामा बनेको चलचित्र हो तिम्रो मेरो साथ ।

  नाम नै निकै वजनदार राखिएको र प्रेमको भाब झल्कंने यो चलचित्र शुक्रबारदेखी नेपालभर एकसाथ प्रदर्शनमा आउंने भएको छ -‘ हामीले रिलिजको सम्पूर्ण तयारी पुरा गरिसकेका छौं भने दर्शकहरू पनि चलचित्र हेर्नका लागि ब्यग्र प्रतिक्षामा रहनु भएको बुझेका छौ । दर्शकहरू जस्तै चलचित्रलाई लिएर हामी पनि उत्साही छौं -‘ चलचित्रका निर्माता , निर्देशक रमेश एम के पौडेलले बताए । 

नाम नै निकै वजनदार राखिएको र प्रेमको भाब झल्कंने यो चलचित्र शुक्रबारदेखी नेपालभर एकसाथ प्रदर्शनमा आउंने भएको छ

  चलचित्रले बिशेष गरेर प्रेमका बारेमा खुलेर बखान गरेको छ । पाउंनु मात्र होइन, त्याग पनि प्रेम प्राप्तिको अर्को पाटो हो भन्ने बिषयमा चलचित्र तिम्रो मेरो साथले खुलेर ब्याख्या गरेको छ । जिबनका उतार चढाब र भोगाईलाई सूक्ष्म तरिकाले अध्ययन गरेर चलचित्रको कथा तयार पारेको देखिन्छ । चलचित्रले उठान गरेको यो बिषयलाई मूर्तरूप दिन प्रेममय चलचित्रमा सफलता हात पारेका दुई कलाकार पुष्प खड्का र साम्राज्ञी आर एल शाहको उपस्थितिले सांच्चै चलचित्रमा ज्यान भरेको छ । त्यस माथि सडकदेखी महलसम्म कलाकारितामा आफ्नो दह्रो उपस्थिति जनाउंदै आएका र सबैबाट वाहवाही बटुलेका कलाकार सन्दिप क्षेत्रीको साथले चलचित्र तिम्रो मेरो साथको उचाई बढाएको छ ।

  गीत-संगीतका कारण पनि चलचित्र तिम्रो मेरो साथको चर्चा यतिबेला गरम भएको छ । राम्रा कलाकार , सृजनशील उद्देश्य र मन छुने प्रस्तुति अनि वजनदार बिषयबस्तुका कारण पनि चलचित्र तिम्रो मेरो साथप्रति यतिबेला नेपाली चलचित्रप्रेमी दर्शकहरू आकर्षित हुनु भएको ठोकुवा गर्न सकिन्छ ।यतिबेला दर्शकहरू मांझ बिशिष्ट पहिचान बनाउंदै सफलतातिर उन्मुख देखिएको चलचित्र तिम्रो मेरो साथमय भएको छ नेपाली चलचित्र बजार ।

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update