हमास द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपालीको उद्धारका लागि आज राति नेपाल एयरलाइन्सको जहाज इजरायल जानेका भएको छ ।
परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार आज राति ११ बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल जान लागेको साथै सचिवालयले दुबईलाई ट्रान्जिट बनाएर नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको जहाज इजराइल जान लागेको पनि जनाएको हो ।
सामान्य अवस्था नभएकोले चार्टर विमान उडान र अवतरणको अनुमति लिनुपर्ने हुन्छ। सरकारले त्यसका लागि इजरायलबाट स्वीकृति लिइसकेको छ।
गत शनिबार प्यालेष्टिनी विद्रोही समूह हमासले आक्रमण गरी इजरालमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । विद्रोही समूहको आक्रमणबाट एक नेपाली अहिले पनि बेपत्ता छन् ।
घरफिर्तीका लागि ३५० जनाको विवरण दूतावासले प्राप्त गरिसकेको छ । उद्धारका लागि इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरूसमेतको सहयोग लिने पनि सरकारको निर्णय छ ।