शुक्रबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य निर्धारण गरेकाे छ । महासंघले नेपाली बजारमा आज सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको जनाएकाे छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भएको सुन अघिल्लो दिन अर्थात् बिहीबारकाे तुलनामा प्रतितोला छ सय रुपैयाँ बढेर आज छापावाल सुन प्रतितोला एक लाख १० हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, शुक्रबार भने चाँदीको मूल्य घटेको छ।
बिहीबार प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।