NRN
एमसीसी अन्तर्गतको ३ वटै प्रसारणलाइनको ठेक्का रद्द

एमसीसी परियोजनाअन्तर्गत बन्ने ३ वटा प्रसारण लाइन आयोजनाको लागि खोलिएको ठेक्का रद्द भएको छ । एमसीसीले गरेको लागत अनुमान भन्दा अस्वभाविक बढी रकम राखेर टेण्डर आह्वान भएपछि एमसीसीले नै ठेक्का रद्द गरेको हो ।

अब एमसीए नेपालले ठेक्का रद्द गरि पुन: ठेक्का खुलाउने छ । एमसीए नेपालले ३ सय १५ किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माणका ३ वटा समूहमा विभाजन गरेर ठेक्का निकालेको थियो ।

यी प्रसारणलाइनको लागत २२ करोड ६ लाख अमेरिकी डलर पर्ने अनुमान छ तर ठेक्कामा न्यूनतम प्रस्ताव नै ६६ प्रतिशतभन्दा बढी अर्थात् ३६ करोड ५९ अमेरिकी डलरको परेको थियो । बढी लागत अनुमानको टेण्डर परेकोले हालको टेन्डर रद्द गरेर एमसीएले अर्को टेण्डर खुलाउने छ ।

पहिलो समुहमा लप्सीफेदी – रातमाटे – न्यू हेटौँडा एक सय १७ किलोमिटर लामो प्रसारण लाइन चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । त्यस्तै, दोस्रो समुहमा रातमाटे - दमौली ९० किलोमिटर लामो चार सय केभी रहेकाे छ भने न्यू दमौली – न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको कूल १८ किलोमिटर लामो प्रसारण लाइन तेस्रो समुहमा समेटिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update