NRN
सन्दीपले आगामी प्रतियोगिताबाट फिर्ता लिए आफ्नो नाम

क्रिकेटर सन्दीप लामिछानेले नेपालको आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने निर्णय गरेका छन् । सामाजिक सञ्जाल मार्फत् घरेलु मैदानमा हुने आसन्न त्रिकोणात्मक टी २० क्रिकेट सिरिज खेल्न नसक्ने भन्दै नाम फिर्ता लिएकाे बताएका छन् । उनले बिहीबार राती आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै नाम फिर्ता लिने निर्णय गरेको बताएका हुन् ।

उनले लेखेका छन्,'भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनर्जीवित गर्न आवश्यक छ र परिवारलाई समय चाहिन्छ भन्ने महसुस गर्छु। मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु।'
सबैलाई धन्यवाद। अर्काे भेट नभए सम्म। 🙏

सन्दीपमाथि दायर गरिएको मुद्दा लामो समयदेखि जिल्ला अदालतमा विचाराधीन छ ।पटक-पटक विभिन्न बहानामा फैसला पेशी सर्दै आएकाले सन्दीप निराश छन् । हिजोपनि तोकिएको पेशीमा सुनवाइ हुन नसकेपछि सन्दीपले यस्ताे अप्रिय निर्णय लिएका हुन् ।

मानसिक रूपमा दबाबमा रहेका सन्दीप चीनमा भएको एसियन गेम्समा पनि मुद्दाकै कारण अन्तिम समयमा खेल्न पुगेका थिए तर प्रतियोगितामा उनको प्रदर्शन खासै राम्रो हुन सकेको थिएन ।

नेपालले घरेलु मैदानमा युएई र हङकङसँग त्रिकोणात्मक सिरिज खेल्दै छ । साे सिरिज आगामी कात्तिक १ गतेबाट सुरु हुँदैछ । 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update