NRN
कोशी सरकार निर्माणमा तटस्थ बस्ने राप्रपाको निर्णय

कोशी सरकार गठनमा सत्तारुढ कांग्रेसभित्र दुई चिरा परेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तटस्थ बस्ने निर्णय गरेको छ।

कोशीमा सरकार गठन प्रक्रियालाई लिएर पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले कतै नढल्किने निर्णय गरेको हो।

पार्टी केन्द्रिय कार्यालयमा जारी बैठकमा कोशी सरकारको भावी नेतृत्वका लागि दावेदारी प्रस्तुत गरेका दुई उम्मेदवार पक्षमा उभिने वा तटस्थ बस्नेलगायतका बिषयमा निर्णय लिन उक्त बैठक बसेको थियो ।

सो बैठक पछि कोशी सरकार निमार्णका बारेमा सो बैठकले आधिकारिक धारणा सार्वजनिक गर्दै प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले हालका लागि तटस्थ बस्ने निर्णय भएको बताउनुभयाे । बैठक पछि उहाँले भन्नुभयाे, ‘आवाश्यक परेको खण्डमा अर्को निर्णयमा जान सकिनेछ तर अहिले चाँही भने कोशी सरकारका बारेमा तटस्थ बस्ने निर्णय भएको छ ।’ 

कोशी सरकारको भावी नेतृत्वका लागि नेकपा एमालेका समर्थनमा नेपाली कांग्रेसका शेखर कोइराला पक्षधर केदार कार्की र सत्तारुढ गठबन्धनवाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबोले दावी प्रस्तुत गरेका छन् । माओबादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका बिद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् ।

आज प्रदेश प्रमुख परशुराम खापुङले ती दुई मध्ये एकजनालाई नियुक्त गर्दैछन् । जुन नियुक्ती बारेमा राप्रपाले पनि आफ्नो धारणा बनाउन बैठक बोलाएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update