NRN
एनआरएनए चुनाव………॥ अध्यक्षमा पाँच जना, चर्चामा तीन जना

- राजन घिमिरे

गैर आबासीय नेपाली संघ (एनआरएनए) को चुनाब जति नजिकिँदै छ । यसको चर्चा र चासोले पनि महत्व पाउन थालेको छ । बिशेष गरेर अध्यक्ष पदको दौडमा रहेका उम्मेदवारहरूका कारण पनि यस पटकको चुनाबी सरगर्मीले बजार तताएको छ ।

आफ्नो पक्षमा पल्लाभारी पार्न अध्यक्षहरुबीच गजबकै प्रतिश्पर्धा चलेको छ । सम्मेलन असोज ३० देखि कत्तिक ३ गतेसम्म काठमाडौँमा सम्पन्न हुँदैछ। अध्यक्षको मैदानमा यसपटक पाँच जना देखिएता पनि कडा प्रतिस्पर्धा भने तिनजनाबीच हुने देखिएको छ ।

एनआरएनएको यस महाविधेशनमा हालसम्म अध्यक्ष बद्री केसी र रविना थापा, उपाध्यक्ष महेश श्रेष्ठ र आरके शर्मा एवम् उपमहासचिव विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । यसरी घोषणा गरेकाहरु मध्ये आजसम्मको आँकडा अनुसार महेश कुमार श्रेष्ठ , डा. बद्री के.सी. र आर के शर्माबीच कडा प्रतिस्पर्धा देखिएको कुरा जानकारहरू बताउछन् ।

यी तीन जनाले तयार पारेको चुनाबी नारा, प्रचार प्रसारमा देखाएको ब्यबस्थित माहौल र एनआरएनहरूबीचको घुलमिलले यस पटक यी तिनजनाबीचबाटै संघले अध्यक्ष पाउने निर्क्योल गर्न थालिएको छ । गैर आबासीय नेपालीहरू माझ यी तिनजनाको उपस्थितिले पनि बजारमा राम्रै प्रभाब पारेको देखिन्छ ।

यसैबीच एनआरएनएको महाधिवेशन उद्घाटन राष्ट्रपतिबाट असोज ३० गते बिहान हुने तय भएको छ। सोही दिन अपराह्नदेखि कात्तिक १ गतेसम्म विश्व ज्ञान सम्मेलन हुने एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले जानकारी दिएका छन् ।

सन् २००३ अक्टोबर ११ मा स्थापना भएको एनआरएनएले हालसम्म डा. उपेन्द्र महतो, जिवा लामिछाने, देवमान हिराचन, शेष घले, भवन भट्ट, कुमार पन्त, कुल आचार्य, रविना थापा र बद्री केसी गरी आठ जना अध्यक्ष पाइसकेको छ ।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update