NRN
एनआरएनएको कोषाध्यक्षमा सुदन थापाको उम्मेदवारी : सबैको साथ मिल्ने बिश्वास

- राजन घिमिरे

एनआरएनए अभियानमा लामो समयदेखी लागि पर्दै आएका युवा हुन् सुदन थापा । बसाई जापान रहेता पनि उनले प्रबासी नेपालीहरू माझ राम्रै प्रभाब छाडेका छन् ।

सामाजिक अभियन्ताहरू माझ जुझारू, जाँगरिला र उच्च सोच अनि योजनाका उत्साही युवाको रूपमा स्थापित सुदन यस पटक कोषाध्यक्ष पदमा आउँने भएका छन् -‘ अग्रज र समकालीनहरुको सल्लाह, हौशला अनि प्रेरणालाई आत्मसात गर्दै कोषाध्यक्ष पदमा उमेदवारी दिने निर्णय गरेको हुँ -‘ सुदनले भनेका छन् ।  


सुदन एनआरएनए जापानका पूर्व अध्यक्ष हुन् । यो पदमा रहँदा उनले जापानमा छरिएर रहनु भएका प्रबासी नेपालीहरू लाई संगठित बनाउन गरेको काम र योजनाको आज पनि चर्चा हुने गरेको छ । प्रशासनिक दक्षता र अनुभब उनको कमाई मानिन्छ -‘ जबसम्म संस्था आर्थिक रूपमा पारदर्शी हुँदैन, तबसम्म अगाडि बढ्न सक्दैन र त्यो संस्थाले विश्वास जित्ननी सक्दैन । म मेरो कार्यकालमा संस्थालाई मेरो अधिकार र धर्मले भ्याएसम्म विवादरहित र पारदर्शी बनाउने प्रतिबद्धता ब्यक्त गर्दछु -‘ उनको दाबी छ ।

उनी एनआरएनए आईसीसीको पूर्व युवा संयोजक पनि हुन्। संस्थामा बलियो र महत्वपूर्ण जिम्मेवारी पाएर र त्यसलाई सफलताका साथ निभाएको थापाले यूवा संयोजक हुँदा गरेको काम र निभाएको कर्तब्यको बारेमा जति चर्चा गरे पनि थोरै हुन्छ । उनि १६ बर्षदेखि जापानमा बस्दै आएका छन् । व्यापार ब्याबसायमा आबद्द उनि पदमा रहँदा होस् या नरहँदा नै किन नहोस् ? उनले सामाजिक कार्यको सक्रियतालाई निरन्तरता दिइ नै रहेका हुन्छन्।

केही उम्मेदवारहरू जस्तो चुनाबको मुखमा आउँदा मात्र यसो गर्छु र उसो गर्छु भनेर चुनाबी कुरा गर्ने र गफ दिने काम कहिले पनि गरेनन् उनले । बिगतमा पनि संघ वा ब्यक्तिगत तर्फबाट सामाजिक अभियानमा जुटेका उनी आगामी दिनमा पनि सामाजिक अभियानमा दत्तचित्त भएर लागि पर्ने कुरा बताउँछन् ।

यस्तो छ थापाकाे घोषणा 'सम्पूर्ण महानुभाबहरूमा नमस्कार, नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहँनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।' यतिबेला गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अधिवेशनले एक खालको रौनक छाएको छ । अधिवेशन नजिकिँदै गर्दा उम्मेदवारी पनि घोषणा हुँदै आइरहेका छन् ।
 बिगतका कार्यसमितिहरुप्रति आलोचनाबाट मात्र नभई अहिलेसम्म भए गरेका कृयाकलापहरुलाई सुदृढ गर्दै बर्तमान संक्रमणकालिन अबस्थामा संस्थालाई कृयाशिल, ब्यबस्थित र पारदर्शी बनाउन गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यसमिति भित्रै रहेर विश्वासका साथ काम गर्ने उदेश्यले कोषाध्यक्षमा मेरो उम्मेदवारी रहनेछ । 
यहाँहरुको आजसम्मको माया र भोलिको दिनमा मैले दिलाउन सक्ने विश्वासलाई साक्षी राखेर तपाईहरु बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजु, भाई, दिदि, बहिनी लगाएत इष्टमित्रहरूको साथ, सद्भाब र सहयोगको अपेक्षा गर्दछु ।
'निर्बाचन एउटा प्रक्रिया हो, यो अभियानमा मैले जित्नै पर्छ भन्ने ध्यय मसँग छैन यदि म भन्दा कृयाशिल अग्रजहरु पनि हुनुहुन्छ र यदी उहाँहरु आउनुहुन्छ भने पनि उहाँहरुमा मेरो उत्तिकै सम्मान रहनेछ ।'

 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update