NRN

 

काठमाण्डौं । परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशनले आफ्नै संस्थागत गान ‘भूगोल अनि भावनालाई’ सार्वजनिक भएको छ । 

 एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशको महिमा,भिजन र मिसनलाइ कलात्मक ढंगले प्रस्तुत गरिएको यो गान बुधवार नेपालमा एक समारोहबीच सार्वजनिक गरिएको हो । 

प्रकाश अर्यालको शब्द रचनामा संगीतकार दीपक रमणद्वारा संगीतबद्ध यस गानमा रोजी श्रेष्ठ तथा कमल भट्टराईले स्वर दिएका छन् भने नवदित गायिकाद्वय गृष्मा संग्रौला र आकांक्षा घिमिरेको सह गायन रहेको छ । 

बरिष्ठ संगीत संयोजक सञ्जय हमालले संगीत संयोजन गरेकाे उक्त गानमा  ध्वनि सम्पादक विषन मानन्धरको ध्वनि मिश्रण रहेको छ । 

बुधवारको सार्वजनिक समारोहमा देउराली फाउण्डेसनका अध्यक्ष भीम घिमिरेले कार्यक्रममा बोल्दै यो गानले शिर्षक जस्तै भूगोल र भावनालाई जोड्न सहयोग गर्ने बताउँदै यो गान विश्वभरी नै फैलिने बताए। 

उक्त समारोहमा एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशनले संस्थागत गानका शब्द रचनाकार प्रकाश अर्याल, संगीतकार दीपक रमणसहित गानमा योगदान गर्ने सम्पूर्ण कलाकारहरुलाई सम्मानपत्र प्रदान गरेको थियो । 

संस्थाको गान सार्वजनिक भएसँगै संस्थाको हरेक कार्यक्रमको सुरुवात यही गानबाट हुने भएको छ । एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनले शिक्षा सहित सामाजिक क्षेत्रका विभिन्न कार्यक्रममा सहयोग गर्दै आइरहेको छ।

शिक्षा, स्वास्थ्य, सञ्चार, खेल लगायतका क्षेत्रमा योगदान गरेकाहरुलाई पनि सम्मान गर्दै आइरहेको संस्थाले नेपालमा हुने विभिन्न सामाजिक कार्यका क्षेत्रमा आफ्नो सक्रिय सहयोग गर्दै आइरहेको छ।

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update