NRN
एनआरएनएको सचिब पदका दाबेदार शाह प्रधानमन्त्रीद्दारा सम्मानित

- राजन घिमिरे

यूवा उद्यमी तथा सामाजिक अभियन्ता स्वतन्त्र प्रताप शाह सम्मानित भएका छन् । उनि सिजन मिडियाले आजोजना गरेको एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड ‘ द्वारा सम्मानित भएका हुन् ।

शाहलाई सामाजिक क्षेत्रमा बिशेष योगदान पुर्याए बापत् सम्मानित गरिएको आयोजकले जानकारी दिएकाे छ । शाह गैर आबासीय नेपाली संघ ( एनआरएनए ) को सन् २०२३ - २०२५ को कार्यकालका लागि सचिब पदका प्रत्याशी पनि हुन् ।

अष्ट्रेलिया कर्मभूमि भएका शाहको नेपाल, अष्ट्रेलिया, फिलिपिन्स र भियतनाम लगाएतका मूलुकहरूमा बिभिन्न ब्यापार व्यवसायहरू सञ्चालीत छन् । यतिबेला शाह नेपालदेखी प्रबासमा छरिएर रहनु हुने नेपाली यूवाहरूलाई जोड्ने कर्ममा लागि परेका छन् ।

प्रबासको सिप र दक्षता नेपाल ल्याएर जन्मभूमिका लागि केही गर्नु पर्छ भन्ने उद्देश्य सहित लागि परेका शाहलाई सचिब पदका प्रबल दाबेदारको रूपमा हेरिएको छ । उनी यूवा जागरणका निमित्त लागि परेका जुझारू र उत्साही यूवाको रूपमा परिचित छन् ।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update