आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज आइतबार सुनकाे मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेको छ भने चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन अर्थात् शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।