नेपाल राष्ट्र बैंकले सोमबारका लागि विनिमय दर निर्धारण गरेकाे छ । निर्धारण गरेकाे दर अनुसार सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।
अघिल्लाे दिन अर्थात् आइतबार एकको खरिददर १३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८३ रुपैयाँ ६४ पैसा र बिक्रीमा ८४ रुपैयाँ ०२ पैसा र क्यानेडियन डलर एकको खरिदमा आज ९७ रुपैयाँ ३२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७६ पैसा तोकिएको छ।
आइतबार युरो एकको खरिदमा भने १३९ रुपैयाँ ८७ पैसा र बिक्रीमा १४० रुपैयाँ ५० पैसा कायम गरिएको थियो । याे मूल्य आइतबारको तुलनामा १५ पैसा घटेर आज युरोएकको खरिददर १३९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४० रुपैयाँ ३५ पैसाकाे काराेबार भइरहेकाे छ ।
त्यसैगरी, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६० पैसा तोकेको छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ १९ पैसा र बिक्रीमा ४३२ रुपैयाँ १४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५४ रुपैयाँ १९ पैसा तोकिएको छ।
यस्तै, युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ११ पैसा र बिक्रीमा २८ रुपैयाँ २४ पैसा पाइन्छ।