- राजन घिमिरे
कर्म थलो अष्ट्रेलिया भएता पनि बिभिन्न देशमा छरिएर रहनु हुने प्रबासी नेपालीहरू माझ रन्जु वाग्ले थापाको पहिचान र उपस्थिति राम्रै छ । लामो समयदेखी सामाजिक अभियन्ताको रूपमा स्थापित भैसकेको नाम हो रन्जु वाग्ले थापा ।
यतिबेला अष्ट्रेलियामा शैक्षिक क्षेत्रमा बलियो उपस्थिति जनाई रहनु भएकी थापा अब्दुल कलाम अन्ताराष्ट्रिय पुरस्कार २०२३ वाट पुरस्कृत हुनु भएको छ । उनलाई डाक्टर एपिजे अब्दुल कलाम फाउन्डेसनले पुरस्कृत गरेको हो ।
थापालाई भारतका पूर्व राष्ट्रपति एवम् बैज्ञानिक डाक्टर अब्दुल कलामको नाममा स्थापित फाउन्डेसनले डा. कलामको ९२ औ जन्मजयन्तीका अवसरमा शैक्षिक क्षेत्र र सामाजिक क्षेत्रमा पुर्याएको विशेष योगदानको उच्च कदर गर्दै योट अन्तराष्ट्रिय अवार्ड दिने निर्णय गरेको थियो। - ‘आफुले विश्वविख्यात व्यक्तित्वका नाममा स्थापित प्रतिष्ठित पुरस्कार पाएकोमा खुसी व्यक्त गर्दै थापाले पुरस्कार प्राप्त गरेपछी शैक्षिक र सामाजिक क्षेत्रमा लाग्न हौशला मिलेको र यो बिधामा निरन्तर रूपले अगाडि बढ्न उत्साह बढेको बताउनु भयो।‘