NRN
उपाध्यक्ष पदका उमेदवार गणेश केसीकाे यस्ताे छ अपिल

- राजन घिमिरे

पदमा रहँदा होस् यो नरहँदा नै किन नहोस् ? सामाजिक अभियानमा गणेश केसीको योगदान र निरन्तरता लामो छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) सँग लामो समयदेखी सहकार्य गर्दै अगाडि बढेका केसीको कर्मभूमि अष्ट्रेलिया भएता पनि उनी बिश्वभर छरिएर रहनु भएका प्रबासी नेपालीहरूको आवाजमा आवाज मिलाउँन कहिले पछि सरेनन् ।

यिनै उत्साही, जाँगरिला र जुझारू सामाजिक अभियन्ता गणेश केसीलाई यस पटक एनआरएनए अभियन्ताहरूले उपाध्यक्ष पदमा हेर्न चाहेको पाईएको छ । यस कारणले पनि सबैको साथ, उत्साह र हौशलालाई मध्य नजर गर्दै ११ औं महाधिवेशनमा गणेश केसीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । 

केसीले उमेदवारी दिँदै भनेका छन् -‘विश्वभर रहनु भएका प्रबासी नेपालीहरूलाई जुटाउँने र सबैको पहुँच अनि उपस्थिति बिश्वमाझ शानदारसँग पुर्याउनु पनि अब हाम्रो कर्तब्य र उद्देश्य हुनु पर्छ -' । केसी सन् २००७ देखि एनआरएनए अष्ट्रेलियाको कार्यसमिति सदस्य हुँदै यो संघसँग हातेमालो गर्दै अगाडि बढेका हुन् ।

उनले एनएसडब्लु स्टेट संयोजक, एनआरएनए अष्ट्रेलियाको दुई कार्यकाल अध्यक्ष, आईसीसी सदस्य हुँदै वर्तमान कार्यसमितिमा उपमहासचिबको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

एनआरएनए स्कील तथा भोकेशनल एजुकेशन कमिटीको संयोजकको भूमिकामा रहेका केसीकै नेतृत्वमा नेपालमा विदेशी ज्ञान, सीप र प्रविधि हस्तान्तरणसहितको सीपमूलक कार्यक्रम समेत सञ्चालन भैरहेको छ । उनको यो सोच, शैली र उद्देश्यको यतिबेला सर्बत्र प्रशंसा हुने गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update