NRN
यी मुख्य तीन काठमाडौंका सडक आजदेखि एकतर्फी

आजदेखि काठमाडौं महानगरपालिका भित्रका ३ वटा सडक खण्ड एकतर्फी बनाइएको छ ।

काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ जगतमान श्रेष्ठका अनुसार कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित महेन्द्र शालिकबाट कृष्णपाउरोटी चोकभन्दा तल (काठमाडौं प्लाजानेर) पुग्ने सडक एकतर्फी बनाइएको छ । जमल र दरबारमार्गबाट रत्नपार्कतर्फ आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडिएर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन र पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब काठमाडौं प्लाजाबाट वायाँ मोडिएर महेन्द्र शालिकतर्फ जान पाइने छैन ।

त्यस्तै, त्रिपुरेश्वरतर्फबाट काठमाडौं–ललितपुर जोड्ने सेतोपुल (नयाँ पुल) हुँदै गुसिङ्गाल निस्किने सडक पनि एकतर्फी बनाइएको छ । त्रिपुरेश्वरतिरबाट प्रवेश गर्न पाइए पनि ललितपुरतर्फबाट त्रिपुरेश्वरतिर आउँदा नयाँ पुल कटेर वायाँतर्फ मोडिएर आउनुपर्ने छ । त्रिपुरेश्वरबाट ललितपुरतिर जाँदा मिलन टोल, नयाँ पुल हुँदै जानुपर्ने छ ।

सडक एकतर्फी बनाइएको जानकारी दिन ती सडक क्षेत्रमा ट्राफिक प्रहरी र महानगरपालिकाका १०–१० जनाको टोली खटाइएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update