नेपाललाई हङकङले दियो ९५ रनको लक्ष्य
त्रिकोणात्मक टि–२० सिरिजको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । मूलपानी मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ निर्धारित २० ओभरको खेलमा १९.३ ओभर खेल्दै ९४ रनको स्कोरमा अलआउट भएको हो ।
नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा मात्रै १५ रन खर्चिएर ४ विकेट लिएका हुन् ।सोमपाल कामी र अविनाश बोहराले २–२ विकेट लिए भने कुशल मल्ल र मौसम ढकालले १–१ विकेट लिए ।
हङकङका लागि यासमिन मुर्तजाले ३६ र जीसन अलीले १७ रन बनाए । अरु कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८० १२:५७
प्रतिक्रिया दिनुहोस्