आज बिहीबार कात्तिक २ गतेदेखि कुमारी बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ ।
बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ निष्काशन गरेको हो।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो ।
यसबाट ५% अर्थात् १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । कुमारी बैंकले १० वर्ष अवधिको ‘१०% केबीएल डिबेन्चर २०९०’ जारी गरेको हो ।
यसमा वार्षिक १०% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ । यस ऋणपत्रमा कात्तिक १२ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने कात्तिक १६ गतेसम्म खुला रहनेछ ।
यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई ‘इक्रा एनपी त्रिपल बी’ रेटिङ प्रदान गरेको छ ।
जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम सुरक्षित रहेको संकेत गर्छ ।