मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपमा नेपाल सेमिफाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा नेपालले साउदी अरबलाई ३०१ रनले हराउँदै विजयी भएको हाे । टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले ३४८ रनको लक्ष्य दिएको थियो ।
विशाल लक्ष्य पछ्याएको साउदी अरबले १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो ।
नेपालका दिपेश कंडेलले ६, आकाश चन्दले २ र शुवास भण्डारीले एक विकेट लिए ।
यसअघि मलेसियाको युएसडी–युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाएर ३४७ रनको विशाल योगफल बनाएको थियो ।
नेपालका लागि अर्जुन कुमालले १४२ रनबनाएर आउट भए । अर्का ब्याटर आकाश त्रिपाठीले ८९ रनको महत्वपूर्ण योगदान गरे भने ओपनिङमा आएका दीपक बोहोरा २९ रन बनाए । चौथो नम्बरमा आएका कप्तान देव खनाले भने शून्य रनमै आउट भए ।
त्यसपछि आएका दीपकप्रकाश डुम्रेले १४ रनमा आउट भए । मिलन बोहरा ९ रन र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।
साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले दुईरदुई, जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले एक–एक विकेट लिए ।
योसँगै नेपाल समूह 'ए' को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले सेमिफाइनलमा समूह 'डी' को विजेतासँग खेल्नेछ ।