त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा भएकाे दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।
९५ रनको लक्ष्य नेपालले ३७ बल अगाडी नै ४ विकेट गुमाएर पार गरेको हो ।
नेपालको जितमा ओपनर आशिफ शेखले सर्वाधिक ४२ रन बनाए । यस्तै कप्तान रोहित पौडेल २५ रनमा अविजित रहे । गुल्सन झाले ५ बलमा १४ रन बनाए । हङकङका ईसान खानले तीन विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको हङकङ १९.३ ओभरमा ९४ रन बनाउँदा अलआउट भएको थियो।
हङकङका यासिम मुर्ताजाले ३६ र जीशान अलीले १७ रन बनाए। अन्यले दोहोरो अंकको स्कोर जोड्न सकेनन् ।
नेपालको लागि करण केसीले ४, सोमपाल कामी र अबिनाश बोहराले २–२ तथा कुशल मल्ल र मौसम ढकालले १–१ विकेट लिए ।
नेपाल चार अंकसहित शीर्ष स्थानमा छ । अन्य दुवै टोलीले अंक जोड्न सकेका छैनन् ।