NRN
प्रहरीले माग्यो ठुलो संख्यामा इन्सपेक्टर र असई

नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले  शुक्रबार सूचना प्रकाशित गर्दै ९६ इन्स्पेक्टर र २६० जना असईका लागि दरखास्त आह्वान गरेको हो।

इन्स्पेक्टरमा दरखास्त दिन १ हजार २ सय राजस्व बुझाउनुपर्नेछ। एकभन्दा बढी समूहमा दरखास्त दिन प्रत्येक समूहका लागि २० प्रतिशत अर्था २४० रूपैया थप दस्तुर लाग्नेछ ।

असइतर्फ भने राजस्व वापत ५ सय रूपैयाँ एकभन्दा बढी समूह थपिए प्रत्येक समूहका लागि १०० रूपैयाँ थप दस्तुर लाग्नेछ।

९६ इन्स्पेक्टरमध्ये ५२ जना खुलाबाट, २ जना अमर/अशक्त परिवारबाट छानिने छन्। समावेशीतर्फ ९ जना महिला, १२ जना आदिवासी जनजाति, १३ जना मधेशी, ६ जना दलित र २ जना पिछडिएको क्षेत्रबाट छानिनेछन्।

त्यसैगरी, २६० असईमा १४० जना खुलाबाट र ५ जना अमर अशक्त प्रहरी परिवारबाट छानिनेछन्। असईमा समावेशीबाट महिला २३ जना, आदिवासी जनजाति ३६ जना, मधेशी ३३ जना, दलित १७ जना र ६ जना पिछडिएको क्षेत्रबाट छानिनेछन्।

इन्स्पेक्टरमा अनलाइनबाट पनि दरखास्त दिन सकिने व्यवस्था गरिएको छ भने असईमा दरखास्त दिन भने व्यक्ति स्वयं उपस्थित हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

त्यस्तै, दरखास्त दिनका लागि समय भने कात्तिक १९ गतेदिख २९ गतेसम्मको निर्धारण गरिएको छ।

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update